जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • दशैंमा नयाँ बाइक वा स्कुटर किन्ने हो ? यस्ता छन् अफरै अफर !

दशैंमा नयाँ बाइक वा स्कुटर किन्ने हो ? यस्ता छन् अफरै अफर !

नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैं, तिहार तथा छठ नजिकिँदै गएको छ । यति बेला दुई पाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीहरुले विभिन्न अफरहरु ल्याएका छन् । नयाँ अफर अनुसार विभिन्न ब्राण्डका मोटर साइकल तथा स्कुटर खरिद गर्न चाहनेहरुलाई धेरै नै आकर्षिक गर्ने गरेको छ ।

कम्पनीहरुले चाडवाडको समयमा नगद छुट, सहज फाइनान्सको सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट, सस्तो मासिक किस्ताबन्दी लगायतका योजना धमाधम ल्याईरहेका छन् । 

कम्पनीहरुले ७ लाख रुपैयाँ क्यासब्याकदेखि बम्परमा १५ लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याएका हुन् । दशैं तिहारजस्ता ठूला चाडपर्व सवारीसाधन बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो ।

कम्पनीहरुले आफ्नो ब्राण्ड बिक्रीका लागि ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही न केही योजना सार्वजनिक गरिरहेका हुन्छन् । यति बेला विभिन्न कम्पनीहरुले बाइक र स्कुटरमा ग्राहकहरु आकर्षित गर्न अफरहरु ल्याइरहेका छन् ।

अब हेरौं कुन कम्पनीको कस्ता छन् अफरहरु ?

टीभीएस

जगदम्बा मोटर्सले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘कायापलट’ विशेष योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

अब टीभीएस बाइक तथा स्कुटर किन्नु अघि १ लाखसम्म र किन्दा खेरी १० लाख र हरेक दिन रियलमी स्मार्ट फोन जित्न सकिने कम्पनीले जनाएको छ । यसका साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरुपमा ५० लाखको नगद पुरस्कार दिईन कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बबाल फाइनान्स अफर, २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० को मासिक कस्तिामा पनि टीभीएसको बाइक तथा स्कुटर किन्न सकिनेछ । विजेताको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने बताएको छ ।

होन्डा

होन्डा नेपाल दशैको विशेष ‘होन्डा छ साथ साथ, दशैंको शुभलाभ’ अफर ल्याएइको छ । कम्पनीले ७ लाख रुपैयाँ क्यासब्याक, बम्परमा १५ लाख रुपैयाँ जित्न सकिने लगायतको आर्कषक अफर ल्याएको छ ।

उक्त अफरमा कम्पनीले देशका सातै प्रदेशलाई समावेश गरेको छ । होन्डाको बाइक तथा स्कुटर खरिदमा प्रत्येक प्रदेशबाट १ जनाले १ लाख रुपैयाँ जित्न सक्नेछन् । यसका साथै स्क्र्याचमा ७ लाख रुपैयाँसम्मको क्यासब्याक र बम्परमा १५ लाख रुपैयाँ सम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अधिकतम ७ वर्षसम्मको फ्रि सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र बिग बाइकमा ७० हजार क्यासब्याक पाइनेछ । कम्पनीले कम डाउनपेमेन्ट, न्युनतम ब्याजदर र सस्तो किस्ताबन्दीको व्यवस्था गरेको छ ।

सुजुकी

नेपालका लागि सुजुकी टुह्वीलरको आधिकारिक बिक्रेता भिजी सुजुकीले दशै अफर सार्वजनिक गरको छ । कम्पनीले सुजुकीको बाइक तथा स्कुटर खरिदमा विशेष सुटसहितको अफर ल्याएको हो ।

कम्पनीले ‘यसपालि सबैको एउटै राशि’ ‘धनराशि’ भन्ने स्लोगसहित बाइक तथा स्कुटर खरिदमा विशेष छुट दिने भएको हो ।

अफर अनुसार सुजुकको बाइक तथा स्कुटर खरिदमा १० हजार स्योरसट नगद छुट, १ वर्षसम्मको निशुल्क सडक कर, सहज एक्सचेञ्ज तथा फाइनान्सको सुविधा रहेको छ । उक्त सेवा सुजुकीको काठमाडौं उपत्यकासहित देशभरका सोरुमबाट पाउन सकिनेछ ।

बजाज

बजाज नेपालले चाडपर्वमा बाइक किन्न झनै सजिलो हुने अफर ल्याएको छ । अब बजाजको नयाँ बाइक आधाको आधा मूल्यमा खरिद गर्न सकिने भएको हो ।

बजाजले दशैतिहार लक्षित ‘अब आधाको आधा नै काफी छ’ योजना अन्तर्गत अब २५ प्रतिशत डाउन पेमेन्टमै बजा बाइक लिन सकिने भएको हो ।

बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि रहेको छ । बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र नगद बुझाएर बाँकी रकम फाइनान्समार्फत किस्ताको रुपमा तिर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै उक्त योजना अन्तर्गत बजाज बाइक खरिदमा नगद तिरेर लिनेहरुका लागि ७ हजार रुपैयाँ छुट र पाँच वर्षको वारेन्टी समेत हुने कम्पनीले जनाएको छ । यो सेवा देशभरका बजाज सोरुमबाट लिन सकिनेछ ।

यामाहा

यामाहा नेपालले पनि नेपालीहरूको महान चाड दशैं/तिहार र छठ, २०७९ लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको हो ।

कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६,००० नगद जित्न सक्नेछन् ।

यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् । यसका अतिरिक्त यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले जनाएको छ ।

अब सिमित केही कागजपत्र देखाई ग्राहकहरूले मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्नेछन् ।

साथै, “चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा कम्पनी विश्वस्त छ ।

यस्तै, आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ।” उत्साहित हुँदै यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए । छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुनेछ ।

मोटरहेड

नेपालका लागि मोटरहेड ब्राण्डका आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आज अर्थात भदै १९ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरि दशै तिहार लक्षित “४ को चमत्कार, वाइक पनि बचत पनि” अफर सार्वजनिक गरेको हो ।

कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने बताइएको छ । यसका साथै वम्परमा १ जना भाग्यशाली विजेताले १, लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार टेक्कन २५० पुरानो मोडल जुनै पनि माध्यमबाट खरिदका गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एण्ड पोष्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयरगरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था रहेको छ ।

मोटरहेडको हाल टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु उपलब्ध छन् । यी बाइकको मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँसम्म छ ।

हिरो

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले “ आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग ” भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने कम्पनीले जनाएको छ ।

साथै सबै हिरो मोटरसाइकल र स्कुटीमा जिरो प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

2195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?