जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • अब बैंक बित्त तथा व्यवसायीक केन्द्रका लागि सुरक्षा तथा क्षतिपूर्ति बीमा अनिवार्य

अब बैंक बित्त तथा व्यवसायीक केन्द्रका लागि सुरक्षा तथा क्षतिपूर्ति बीमा अनिवार्य

नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशिका २०८१ जारी गरेको छ। बीमा कम्पनीहरूलाई वित्तीय संस्थाहरू तथा व्यवसायिक स्थलहरूको सुरक्षा व्यवस्थापनमा व्यवस्थित बनाउन निर्देशिका लागू गरिएको हो।

बैंक, वित्तीय संस्था तथा व्यापारिक केन्द्रहरूमा हुने जोखिम न्यूनीकरण तथा क्षतिपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन बीमा प्राधिकरणले यो निर्देशिका जारी गरेको जनाएको छ। बीमा ऐन २०७९ अनुसार निर्देशिकाले वित्तीय तथा व्यापारिक संस्थानहरूलाई अनिवार्य रूपमा सुरक्षा तथा क्षतिपूर्ति बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशिकामा व्यावसायिक स्थलहरू, बैंक, वित्तीय संस्था, बीमाकर्ता, बीमालेख तथा बीमितलाई प्रभावित गर्ने विभिन्न जोखिमहरूको व्यवस्थापनका लागि स्पष्ट निर्देशहरू समावेश छन्।

बीमा प्राधिकरणका अनुसार, मौद्रिक क्षति बीमाले वित्तीय सुरक्षा, जोखिम व्यवस्थापन, बीमा प्रक्रियाको स्पष्टता तथा बीमितहरूको हकहितको रक्षा गर्नेछ। निर्देशिकाले बीमा दाबी प्रक्रियालाई प्रभावकारी बनाउने, वित्तीय कारोबारलाई सुरक्षित गर्ने तथा क्षतिपूर्ति प्रक्रियामा पारदर्शिता कायम गर्ने उद्देश्य लिएको छ।

प्राधिकरणले निर्देशिका कार्यान्वयनका लागि बीमा कम्पनीहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। निर्देशिका लागू भएसँगै बैंक, वित्तीय संस्था तथा व्यापारिक केन्द्रहरूले अनिवार्य रूपमा सुरक्षा तथा क्षतिपूर्ति बीमा गर्नुपर्ने व्यवस्था लागू हुनेछ।

बजारमा वित्तीय स्थायित्व कायम गर्न र व्यापारिक स्थलहरूमा हुने जोखिम न्यूनीकरण गर्न बीमा क्षेत्रलाई व्यवस्थित बनाउने प्राधिकरणको उद्देश्य रहेको बताइएको छ।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका