जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रेशम चौधरीलाई सजाय माफी दिने गृहको प्रस्तावलाई राष्ट्रपति पौडेलले गरे फिर्ता

रेशम चौधरीलाई सजाय माफी दिने गृहको प्रस्तावलाई राष्ट्रपति पौडेलले गरे फिर्ता

रेशम चौधरीलाई सजाय माफी दिने गृह मन्त्रालयको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमै फिर्ता गरेका छन्।

बुधबार गृह मन्त्रालयले चौधरीलाई आम माफीका लागि प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव कानुन र अदालतको फैसला विपरीत नहुने गरी फिर्ता पठाएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। ‘प्रचलित कानुन अदालतबाट भएको फैसला, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न गृहमै फिर्ता पठाएको छ,’ उनले भने।

केही समयअघि मात्रै सर्वोच्च अदालतले उच्च अदालतले चौधरीलाई सुनाएको जन्मकैदको फैसललाई सदर गरेको थियो। सरकारले गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट सजाय माफी गराउन प्रस्ताव गरेको थियो। टिकापुर घटनामा संलग्न भएको भन्दै चौधरी कारागारमा छन्।

यसैगरी टिकापुरमा हत्या भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्याथ पठाएको छ ।

गृहबाट रेशमको सजाय माफीसम्बन्धी फाइल पुगेपछि बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्। उक्त घटनापछि आफू र आफ्नो परिवार निरन्तर पीडामा रहेको बताउँदै सजाय माफीको कुराले घाउमा थप नुनचुक थपिएको बोहराको निवेदनमा उल्लेख छ।

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका