जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • अब बैंककै कर्मचारीबाट हुने जोखिमको पनि बीमा

अब बैंककै कर्मचारीबाट हुने जोखिमको पनि बीमा

अब बैंककै कर्मचारीबाट हुने जोखिमको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘मौद्रिक क्षति बीमासम्बन्धी निर्देशन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले काउन्टरबाट नगद अपचलन (चोरी) गर्नेजस्ता अपराधबाट हुने नोक्सानीलाई पनि बीमाले रक्षावरण गर्ने छ । त्यस्ता अपराध गर्ने व्यक्ति तथा समूहलाई कानुनी कारबाही त प्रचलित कानुनअनुसार हुनेछ । तर, त्यस्ता घटनाबाट बैंकलाई हुने क्षतिको भने बीमा गर्न मिल्ने सुविधा प्राधिकरणले ल्याएको हो ।

बैंकहरूले नगद, नगदजन्य उपकरण र सुरक्षण (सुनलगायत)मा हुने जोखिमको बिमा गर्छन्, जसलाई ‘मौद्रिक क्षति बीमा’ भनिन्छ । पहिला यस्तो बीमाले बाह्य पक्षबाट हुने जोखिमको मात्रै रक्षावरण गथ्र्याे । अब नयाँ निर्देशनमार्फत बैंकहरूमा भएका नगद, नगदजन्य उपकरण र सुरक्षणमा बैंककै कर्मचारीबाट हुने सम्भावित जोखिमलाई पनि बीमाले रक्षावरण गर्ने व्यवस्था गरिएको हो ।

कर्मचारीको बेइमान तथा अपराधाका कारण बैंकहरूमा भएको नगद, नगदजन्य उपकरण र सुरक्षणमा कुनै नोक्सानी भएमा बिमा कम्पनीले आर्थिक रूपमा क्षतिपूर्ति (दाबी भुक्तानी) दिनेछन् ।

‘बिमित (बैंक)का कर्मचारीले एक्लै वा अन्य व्यक्तिसँगको मिलेमतोमा गरेको बेइमानी वा आपराधिक कार्यबाट बिमित (बैंकको) नगद, नगदजन्य उपकरण, सुरक्षण तथा धितोका लागि राखिएका सुरक्षणहरूमा हानि–नोक्सानी पुग्न गएको अवस्थामा यस बिमालेखअन्तर्गत रक्षावरण हुनेछ,’ निर्देशनमा भनिएको छ ।

285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका