जोडिनुहोस
आइतवार, फाल्गुन १७, २०८२
आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • बैतडीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैतडीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैतडीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । दशरथचन्द नगरपालिका १ स्थित मणिलेक माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

सानो उमेरदेखि नै बचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानी कम गर्ने, कर्जा लिँदा कर्जाको उपयोगिता, ऋण नतिर्दाको असर, रेमिट्यान्स सही तवरले पठाउने र हुन्डीका माध्यमबाट नपठाउने, डिजिटल बैंकिङ साधनहरुको उपयोग, समाजिक सञ्जाल तथा अनलाइनबाट हुने ठगीबाट जोगिने लगायतका उपायबारे जानकारी गराएको बैंक बैतडी शाखाका प्रबन्धक गोविन्द विष्टले जानकारी दिए।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैतडी शाखा र सतबाँझ शाखाको आयोजनामा वित्तीय कार्यक्रमको आयोजना गरिएको हो ।

1410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?