जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खराब कर्जा बढेसंगै २० वाणिज्य बैंकहरुद्वारा १ खर्ब ९१ अर्ब ८४ करोड भन्दा बढि प्रोभिजन, एनआईसी एशिया बैंकको मात्रै ६ अर्ब भन्दा बढि प्रोभिजनः डिपोजिटकर्ता होसियार !

खराब कर्जा बढेसंगै २० वाणिज्य बैंकहरुद्वारा १ खर्ब ९१ अर्ब ८४ करोड भन्दा बढि प्रोभिजन, एनआईसी एशिया बैंकको मात्रै ६ अर्ब भन्दा बढि प्रोभिजनः डिपोजिटकर्ता होसियार !

एनआईसी एशिया बैंकबाट ४० अर्ब भन्दा बढि पैसा डिपोजिटकर्ताहरुले रातारात निकाले संगै अहिले यस बैंकले कर्जा पूर्णरुपमा बन्द गरेको भेटिएको छ । कर्जा नउठेपछि बैंकको खराब कर्जा करिब ४ प्रतिशत पुगेको देखिन्छ । कमशल धितोबाट अर्बै कर्जा दिएको एनआईसी एशिया बैंक एक पछि अर्को संकटमा फस्दै आएको छ । भन्दा अब फरक पर्दैन । यहि अवस्था रहँदै गयो भने डिपोजिटकर्ताको रकम डुब्न सक्ने देखिन्छ । होसियार डिपोजिटकर्ता, होसियार लगानीकर्ता भन्दा अब चाहि फरक पर्दैन ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) का लािग छुट्याएको रकम बढ्दै गएको छ ।साउनको तुलनामा माघ मसान्तसम्ममा बैंकहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम २९.७१ प्रतिशतले बढेको देखिन्छ । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंकहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम १ खर्ब ४७ अर्ब ८९ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।माघ मसान्तसम्म आइपु्ग्दा यो रकम २९.७१ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ८४ करोड ४१ लाख ९० हजार रुपैयाँ पुगेको छ । बैंकहरुले सम्भावित जोखिम व्यवस्थापनका लागि बढी रकम छुट्याउँदा त्यसको असर बैंकको नाफामा पर्ने पक्का पक्की देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंकहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम १ खर्ब ४७ अर्ब ८९ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।माघ मसान्तसम्म आइपु्ग्दा यो रकम २९.७१ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ८४ करोड ४१ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

अहिले डिपोजिट पनि धेरै बढ्न नसकेको र निजी क्षेत्रको व्यापार पनि घटेका कारण बैंकको नाफा प्रभावित हुँदै गएको छ भन्दा फरक पर्दैन । पछिल्लो केही महिनायता बैंकहरुले समयमा कर्जा उठाउन समेत सकेका छैनन् । यसरी समयमा नै कर्जाको सावाँ ब्याज उठाउन नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ । जसले गर्दा ठूलो रकम लोन लस प्रोभिजनका लागि छुट्याउन बाध्य भएको बैंकरहरुकै दाबी छ । पछिल्लो समय विभिन्न कारण बैंकहरुले प्रवाह गरेको कर्जा नउठ्ने समस्या बढ्दै गएको छ । त्यसले पनि लोन लस प्रोभिजन बढ्दै गएको हो भन्दा अब फरक पर्दैन ।

पछिल्लो केही महिनायता बैंकहरुले समयमा कर्जा उठाउन समेत सकेका छैनन् । यसरी समयमा नै कर्जाको सावाँ ब्याज उठाउन नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ । जसले गर्दा ठूलो रकम लोन लस प्रोभिजनका लागि छुट्याउन बाध्य भएको बैंकरहरुकै दाबी छ ।

माघ मसान्तसम्मको तथ्याङक अनुसार लोन लस प्रोभिजनका लागि सबैभन्दा बढी रकम छु्ट्याउनेमा कुमारी बैंक रहेको छ । सबैभन्दा बढि कुमारीले १९ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । यो रकम साउनको तुलनामा ३२.६९ प्रतिशतले बढी हो ।
माघसम्ममा प्रोभिजनका लागि सबैभन्दा कम रकम छट्याउनेमा स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । स्टयान्डर्ड चार्टर्डले २ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । यो साउनको तुलानामा २.१५ प्रतिशतले बढी हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८ अर्ब ७८ करोड, ग्लोबल आइएमई बैंकले १८ अर्ब १३ करोड ३३ लाख, नबिल बैंकले १५ अर्ब २० करोड ४७ लाख, हिमालयन बैंकले १५ अर्ब ५ करोड ६५ लाख, प्रभु बैंकले १४ अर्ब ४५ करोड ८६ लाख, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ४२ करोड ८१ लाख, राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६६ करोड ७८ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्याएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८ अर्ब ७८ करोड, ग्लोबल आइएमई बैंकले १८ अर्ब १३ करोड ३३ लाख, नबिल बैंकले १५ अर्ब २० करोड ४७ लाख, हिमालयन बैंकले १५ अर्ब ५ करोड ६५ लाख, प्रभु बैंकले १४ अर्ब ४५ करोड ८६ लाख, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ४२ करोड ८१ लाख, राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६६ करोड ७८ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्याएको छ ।

यस्तै प्राइम बैंकले ८ अर्ब ८१ करोड ३६ लाख, नेपाल बैंकले ८ अर्ब २ करोड १३ लाख, कृषि विकास बैंकले ७ अर्ब ९३ करोड ९५ लाख, एनएमबि बैंकले ७ अर्ब ११ करोड ५८ लाख, एनआईसी एशियाले ६ अर्ब २८ करोड ६० लाख, सिद्धार्थ बैंकले ६ अर्ब १६ करोड ३२ लाख, सिटिजन्स् बैंकले ५ अर्ब ६३ करोड २८ लाख, नेपाल एसबिआई बैंकले ४ अर्ब ९५ करोड, सानिमा बैंकले ४ अर्ब १५ करोड ९६ लाख, माछापुच्छ्रे बैंकले ३ अर्ब ९४ करोड २६ लाख र एभरेष्ट बैंकले ३ अर्ब ६० करोड ५७ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्याएका छन् । यसरी लोन लस प्रोभिजनका लागि धेरै रकम छुट्याउनु पर्दा सेयर होल्डरहरुले बैंकको नाफाबाट पाउने लाभांस घट्ने पक्का पक्की देखिन्छ । तर, राष्ट्र बैंक बेखबर झै बनेको छ भन्दा अब फरक पर्दैन ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका