जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा

हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा

हुन्डाई नेपालले सबै क्रेटा ईभी ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ। यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ।

यस अपडेटपछि ग्राहकहरूले हालको रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्नेछ। यस नयाँ अपडेटले दैनिक आवागमन तथा यात्राका लागि क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्नेछ।

यस अपडेटलाई हुन्डाईको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसले गर्दा सबै क्रेटा ईभी ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्। हुन्डाई नेपाल आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नति गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ।

विश्वसनीय ब्रान्डका रूपमा परिचित हुन्डाई नेपाल, भरपर्दो आफ्टर–सेल्स सेवा सञ्जाल, ६३ भन्दा बढी रिल्याक्स रिचार्ज नेटवर्क तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टले सशक्त छ। जुन नेपालकै एक मात्र चारपांग्रे सवारी साधन एसेम्ब्ली प्लान्ट हो। यी सबै पक्षहरूले हुन्डाई नेपालको भरपर्दो सवारी अनुभव र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै आएको छ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका