
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले कर्जा तथा नोक्सानी व्यवस्था गर्न ३५ अर्ब ७ करोड ३० लाख रुपैयाँ छुट्याएका छन् । यो रकम गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँले कम हो । वाणिज्य बैंकहरुले गत वर्ष ३९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए ।
चालू आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा नोक्सानीका लागि रकमको व्यवस्था गर्नेमा कुमारी बैंक रहेको छ । यो बैंकले चैतसम्ममा ५ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ ।
कुमारी बैंकले नोक्सानी व्यवस्थाको रकम गत वर्षको तुलनामा यो वर्ष १ अर्ब ६२ करोड रुपैयाँले बढेको छ । यो बैंकको नोक्सानी व्यवस्था गत वर्ष चैतसम्ममा ३ अर्ब ५४ करोड रुपैयाँ थियो ।
कुमारी बैंकको चालू आर्थिक वर्षको चैतसम्ममा कुल ऋण प्रवाह २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यस्तो ऋण लगानी यो बैंकले गत वर्षको चैतसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ प्रवाह गरेको थियो ।
कुमारी बैंकको निष्कृय कर्जा अनुपात ६.९८ प्रतिशत रहेको छ । यसको निष्कृय कर्जा गत वर्षको चैतसम्ममा ४.९५ प्रतिशत मात्रै रहेको थियो ।
चालू आर्थिक वर्षको चैतसम्ममा दोस्रो धेरै नोक्सानी व्यवस्था गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकले चैतसम्मममा ३ अर्ब १९ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि व्यवस्था गरेको छ । यस्तो रकम गत वर्षको चैतसम्ममा ४ अर्ब रुपैयाँ थियो ।
लक्ष्मीसनराइज बैंकको कुल कर्जा प्रवाह चैतसम्ममा २ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ ।
यो बैंकले गत वर्ष चैतसम्ममा २ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । यो बैंकले ऋण बढाएसँगै निष्कृय कर्जा अनुपात ५.४९ प्रतिशतबाट ५.८६ प्रतिशत पुगेको छ ।
नोक्सानी व्यवस्थाका लागि सबैभन्दा कम रकम छुट्याउनेमा एभरेष्ट बैंक रहेको छ । यसले अरु वाणिज्य बैंकको तुलनामा २७ करोड रुपैयाँ मात्रै यस्तो रकमको व्यवस्था गरेको छ । एभरेष्टको यो रकम गत वर्ष ६३ करोड रुपैयाँ थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































