जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • हिमालयन एभरेष्टले पाएको अन्तर्राष्ट्रिय अवार्डले नेपाली बीमा क्षेत्रको थप उचाई बढायो: अध्यक्ष सिलवाल

हिमालयन एभरेष्टले पाएको अन्तर्राष्ट्रिय अवार्डले नेपाली बीमा क्षेत्रको थप उचाई बढायो: अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सले पाएको दुई अवर्डाले नेपाली बीमा क्षेत्रको उचाई बढाएको बताए ।

हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले अन्तर्राष्ट्रिय दुई अवार्ड प्राप्त गरेपछि खुशीयाली मनाउन आयोजित एक समारोहलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

हिमालयन एभरेष्टले इन्क्लुजन इनिसिएटिभ अफ द इयर नेपाल र बीमा योजनामा नवप्रवर्तनका लागी न्यू इन्स्योरेन्स प्रडक्ट अफ द इयर नेपाल विधामा कम्पनीले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले नयाँ नयाँ प्रडक्ट ल्याउनुपर्ने बताए ।

हिमालय एभरेष्टले प्राप्त गरेको दुई अन्तर्राष्ट्रिय अवार्डले नेपालको उचाई र बीमा क्षेत्रको गरिम बढाएको बताए । ‘हिमालय एभरेष्टले जुन दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । यो राष्ट्र र नेपाली बीमा क्षेत्रको लागि गौरवको कुरा हो । यो सफलता पाउनका लागि कम्पनीले पनि निकै मेहनत गरेको छ । अझै पनि नेपालको बीमा क्षेत्रलाई थप उचाईमा पुर्याउने गरि काम गर्नुपर्यो’–अध्यक्ष सिलवालले भने ।

बीमा कम्पनीहरुले नयाँ नयाँ बीमा योजना ल्याउन र इनोभेटिम प्रडक्टमा जान आवश्यक रहेको उनले बताए । प्राधिकरणको नीति पनि नयाँ प्रडक्ट लन्च केन्द्रित रहेकाले यस तर्फ कम्पनीहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

‘प्राधिकरण पनि नयाँ प्रडक्ट लन्च गर्ने केन्द्रित छ । कम्पनीहरु पनि इनोभेटिभ प्रडक्टमा जानुपर्यो, अझ धेरै मानिसहरुलाई समेटेर जानुपर्यो’–अध्यक्ष सिलवालले भने । हिमालय एभरेष्टले प्राप्त गरेको अन्तर्राष्ट्रिय पुरस्कार अन्य बीमा कम्पनीहरुका लागि प्रेरण बनेको अध्यक्ष सिलवालको भनाई थियो ।

इन्स्योरेन्स एशिया सिंगापुरले यी दुई वटा प्रतिष्ठित पुरस्कार यही २०२३ जुलाई २९ मा प्राप्त गरेको हो ।

1030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?