जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोडः राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक ऋणात्मक !

२० वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोडः राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक ऋणात्मक !

नेपालका २० वाणिज्य बैंकहरुले ९ महिनामा ४१ अर्ब ३५ करोड मुनाफा कमाए पनि १० वाणिज्य बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक देखिन्छ । भन्दा फरक पर्दैन । ९ महिनामा ४१ अर्ब २५ करोड रुपैयाँ मुनाफा कमाए पनि वाणिज्य बैंकहरुको लाभांश वितरण क्षमता भने निक्कै कमजोर देखिएको छ । २० वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा जम्मा ४ अर्ब ६८ करोड रुपैयाँ मात्र छ । आधा दर्जन वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमास (चैत मसान्त)सम्म आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक भेटिएको छ । भन्दा फरक पर्दैन ।

राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, एनआइसी एसिया, कुमारी र प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको हो । गत वर्ष सोही अवधिमा १० वटा बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक थियो । गत आर्थिक वर्ष ९ महिनामा वितरणयोग्य मुनाफा ऋणात्मक रहेका माछापुच्छ्रे, लक्ष्मी सनराइज, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंक यसपालि धनात्मक अवस्थामा पुगेको भेटिएको छ । ९ महिनामा एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै छ । चैत मसान्तसम्म बैंकको यस्तो नाफा ३ अर्ब ६७ करोड रुपैयाँ छ । पोहोर ९ महिनामा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ थियो । एभरेष्ट बैंकको खराब कर्जा ०.६४ प्रतिशत छ । पोहोर पहिलो ९ महिनामा एभरेष्टको खराब कर्जा ०.७१ प्रतिशत थियो । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुले असल वर्गमा भएको कर्जाको नोक्सानी १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको थियो ।

वितरणयोग्य मुनाफा ग्लोबल आइएमई बैंकको ३ अर्ब ५४ करोड, नबिल बैंकको २ अर्ब ७८ करोड र सानिमा बैंकको २ अर्ब १९ करोड रुपैयाँ छ । राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थाको सीमा घटाइदिएका कारण पनि त्यसले सकारात्मक प्रभाव परेको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुले असल वर्गमा भएको कर्जाको नोक्सानी १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको थियो । यो व्यवस्थाका कारण यसअघि धेरै प्रोभिजनिङ गरेका बैंकहरुले नाफा राइट गरेर वितरणयोग्य नाफा बढाएको देखिन्छ । निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधाले समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधाले पनि वितरणयोग्य नाफा बढेको प्रस्टै देखिन्छ ।

1885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका