जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

हालको खबर

  • होमपेज
  • बैंकिङ र बीमा क्षेत्रबीच सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्न का.मु.गभर्नर ढुंगानाको आग्रह

बैंकिङ र बीमा क्षेत्रबीच सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्न का.मु.गभर्नर ढुंगानाको आग्रह

नेपाल राष्ट्र बैंककी का.मु.गभर्नर निलम ढुंगानाले बैंकिङ एवं बीमा क्षेत्रले एकआपसमा सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गर्दै जानुपर्ने बताएकी छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले लगानी र उद्यमशीलताको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य देखिएको बताइन् ।

बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका धेरै प्रभावकारी हुने भएकाले नेपाली बीमा कम्पनीहरूमा डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरूको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरू अझ प्रभावकारी हुने उनको भनाइ छ ।

कायममुकायम गभर्नर ढुंगानाले भनिन्, ‘बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका अत्यन्तै प्रभावकारी हुन्छ । नेपाली बीमा कम्पनीले डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरू प्रयोगमा ल्याउनुपर्छ । सोको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरू अझ प्रभावकारी हुनेछ । जसबाट बीमा व्यवसायले प्रवाह गर्ने सेवालाई गुणस्तरीय, छिटो पारदर्शी, सुलभ एवंम विश्वासशिलो बनाउन सकिनेछ ।’

ढुंगानाले नियमनकारी निकायको हैसियतले पनि बीमा प्राणिकरणले बीमा सम्बन्धि सुरक्षाका मामिलामा अझ बढी ध्यान दिनुपर्ने बताइन् । बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी समयमै मिलाउने व्यवस्था सुनिश्चित गर्नसक्नुपर्छ । त्यसो गर्नसके बीमाप्रति जनताको विश्वास बढेर जाने उनको भनाइ छ । जनताले दुर्घटना, प्रकृतिक विपद जस्ता संकटको बेला समयमै दाबी भुक्तानी पाएमा सकारात्मक सन्देश प्रवाह हुनेछ र अरुलाई पनि बीमा गर्न प्रोत्साहन मिल्ने उनले बताइन् ।

नेपालमा बीमा व्यवसाय तथा यसले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन बीमा शिक्षा, बीमा व्यवसाय प्रवद्र्धन तथा बिमितको हकहितको संरक्षणसम्बन्धि कार्यमा थप जोड दिन जरूरी रहेको उनको भनाइ छ ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका