जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मौद्रिक नीति समिक्षाप्रति चेम्बर असन्तुष्ट, ‘वित्तीय स्थायित्व कायम गर्न कठिन, ब्याज घट्दैन’

मौद्रिक नीति समिक्षाप्रति चेम्बर असन्तुष्ट, ‘वित्तीय स्थायित्व कायम गर्न कठिन, ब्याज घट्दैन’

नेपाल चेम्बर अफ कमर्शले मौद्रिक नीतिको समिक्षाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने दाबी गरेको छ। मौद्रिक समिक्षामाथि टिप्पणी गर्दै चेम्बरले सोमबार जारी गरेको विज्ञप्तिमा वित्तीय स्थायित्व कायम गर्न अझै कठिन रहेको उल्लेख छ।

चेम्बरले स्प्रेडदर घटाउँदा ब्याजदर वृद्धि मात्रै रोक्न सहयोग पुग्ने जनाउँदै उच्च ब्याजदर घटाउने सम्भावना न्यून रहेको जिकिर गरेको छ।

चेम्बरले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम दुई प्रतिशतसम्म मात्रै कायम गर्नुपर्ने बताउँदै सीडी रेसियो ९५ प्रतिशत वा सीसीडी रेसियो ८५ प्रतिशत बनाउन पनि माग गरेको छ।

चेम्बरले विदेशी विनिमय संचितिमा सुधार आएसँगै एलसी खोल्दा लिँदै आएको शतप्रतिशत मार्जिनको व्यवस्था हटाउन समेत माग गरेको छ। चालु पुँजी कर्जा सम्वन्धि मार्गनिर्देशन स्थगित गरेर सरोकारवालाको छलफलमा पुर्नलेखनको समेत चेम्बरले माग गरेको छ।

 

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका