जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका पालना नगर्ने ११ ब्रोकरलाई सचेत

सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका पालना नगर्ने ११ ब्रोकरलाई सचेत

नेपाल धितोपत्र बोर्डले ११ धितोपत्र दलाल कम्पनीलाई सचेत गराएको छ । ती दलाल कम्पनीले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने कारोबार विवरण नबुझाएकाले सचेत गराइएको हो ।

सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ पालना नगरेको पाएपछि बोर्डले कारबाही स्वरूप सचेत गराएको जनाएको छ ।

धितोपत्र कम्पनीहरूले दैनिक कारोबार विवरण नराखेको र अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा पेस नगरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (फ) अनुसार कारबाही गरेको हो ।

सम्पत्ति शुद्धकरण निवारण सम्बन्धी निर्देशन पालना गर्ने धितोपत्र दलाल कम्पनीमा ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्कार्ट्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल छन् ।

हेर्नुहोस् सूची :

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?