जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गभर्नर अधिकारीले हस्ताक्षर गरेका नोट पहिलो पटक बजारमा

गभर्नर अधिकारीले हस्ताक्षर गरेका नोट पहिलो पटक बजारमा

गभर्नरका रुपमा महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको दुई वटा दरका नोट आजबाट पहिलो पटक चलनचल्तिमा आएको छ। नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको हो।

गत चैतमा गभर्नरका रुपमा नियुक्त भएका अधिकारीको नोट बजारमा अहिलेसम्म आएको थिएन। विदेशमा छापेर आएपछि नयाँ गभर्नरले हस्ताक्षर गरेको नोट पहिलो पटक बजारमा पठाइएको हो।

नयाँ नोटको डिजाइनमा परिवर्तन गरिएको छैन। हस्ताक्षर र सिरियल नम्बर मात्र फरक छ। १० रुपैयाँ दरका नोटमा विक्रम संवत भनेर २०७६ साल लेखिएको छ। ५ रुपैयाँ दरकोमा भने २०७७ लेखिएको छ।

नयाँ नोटहरु बैंक तथा वित्तीय संस्थामार्फत बजारमा जान्छ।

6120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका