जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त भएका छन्। अध्यक्ष नियुक्त भएका उप्रेती नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्।

उप्रेतीले डेपुटी गभर्नर बमबहादुर मिश्रसँग बुधबार शपथग्रहण गरेको एनसीएचएलले जनाएको छ। यसअघि एनसीएचएलको सञ्चालक समितिमा राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए।

उप्रेतीसँग केन्द्रीय बैंकका विभिन्न विभागहरुमा २७ वर्ष बढीको कार्यानुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। उनी हाल राष्ट्र बैंकको गैरबैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण विभागमा कार्यकारी निर्देशक रहेका छन्।

एनसीएचएलको सञ्चालक समितिमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र एक जना स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व रहन्छ। एनसीएचएल केन्द्रीय बैंक र धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले प्रवर्द्धन गरेको पब्लिक लिमिटेड कम्पनी हो।

यसले नेपालमा धेरै राष्ट्रिय भुक्तानी र सेटलमेन्ट प्रणाली स्थापना गरेको छ।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका