जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू

वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू

सार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार १ गतेदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३७ प्रतिशत कायम गरिएको छ ।

असारका लागि १५ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् ।

असारमा सबैभन्दा बढी ६ बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । एभरेष्ट, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, सानिमा र एनआईसी एसिया बैंकले सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएका हुन् । यी बैंकहरूले ६ प्रतिशतमाथि ब्याजदर कायम गरेका छन् ।

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?