जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • साना तथा मझौला व्यवसाय कर्जामा नबिल बैंक को विशेष ब्याज छुट

साना तथा मझौला व्यवसाय कर्जामा नबिल बैंक को विशेष ब्याज छुट

नबिल बैंकले घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना ल्याएको छ । बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने भएको छ ।

बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा र ८.४९ प्रतिशतमा धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने बैंकले जानकारी दिएको छ । बैंकले यो योजना सीमित समयका लागि ल्याएको हो । बैंकले यी योजना सबै शाखाबाट अगाडि बढाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

10050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका