जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • सिटिजन्स बैंक इन्टरनेशनलको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सकिने

सिटिजन्स बैंक इन्टरनेशनलको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सकिने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ।ग्राहकहरूलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरि प्राप्त गर्न सकिने बैंकले जनाएको छ

यो योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा २ लाख रुपैयाँसम्म (कम्तीमा ५ हजार देखि) ऋण लिन सकिनेछ। सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ। यो प्रक्रियाका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोगमार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ-नयाँ डिजिटल सेवा ल्याउने गरेको पनि जनाएको छ।

1645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका