जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • युनाइटेड अजोड इन्स्योरेन्सको ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न

युनाइटेड अजोड इन्स्योरेन्सको ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न

युनाईटेड अजोड इन्स्योरेन्सले ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ ।

कम्पनीले भैरहवामा आफ्ना कर्मचारीका लागि दुई दिने तालिम आयोजना गरेको हो ।

तालिममा कम्पनीको लुम्बिनी प्रदेश प्रमुख भगवती रेग्मी र भैरहवा शाखा प्रमुख प्रकाश शर्मासहित गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३५ जना कर्मचारीहरुको सहभागिता थियो ।

कम्पनीका डेपुटी जनरल म्यानेजर अनिल अर्याल र अण्रराइटिङ डिपार्टमेन्ट प्रमुख टोपेन्द्र कटेलले सहभागीलाई तालिम प्रदान गरेका थिए । साथै उक्त तालिममा सहभागी कर्मचारीलाई मोटिभेसनल ट्रेनिङ समेत दिइएको थियो ।

अण्डरराइटिङ विभाग प्रमुख कटेलले तालिमबाट कम्पनीको वित्तीय जोखिमांकन तथा प्रतिवेदन स्वस्थ बन्दै जाने बताए ।

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका