जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • जगदम्बा मोटर्स पनि अब विद्युतीय गाडीको व्यापारमा

जगदम्बा मोटर्स पनि अब विद्युतीय गाडीको व्यापारमा

जगदम्बा मोटर्स पनि अब विद्युतीय गाडीको व्यापारमा सामेल हुने भएको छ। कम्पनीले जेएम इभी ब्रान्डको गाडी नेपाल ल्याउने पक्का भएको छ। कम्पनीले जीएसई इभी नेपाल ल्याउने भएको हो।

कम्पनीले यो इभी नेपाल ल्याउन भन्सार प्रयोजनका लागि अधिकतम खुद्रा मूल्य सार्वजिनक गरेको छ। कम्पनीले सार्वजनिक गरेको एमआरपी अनुसार गाडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यसमा ९९ किलोवाट क्षमताको मोटर छ। यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिन्छ। यो गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। कम्पनीले प्रोटोनको इभी पनि बजारमा ल्याउने योजना बनाइरहेको छ।

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?