जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो। पाठक बिहीबार अदालतमा हाजिर भएका थिए।

पाठकविरुद्ध दफा ४७ को उपदफा १ बमोजिम कारबाहीको माग गरिएको छ। कसुर प्रमाणित भएका १ लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

पाठकले आफ्नो युट्युब च्यानलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबीरलाई विवादास्पद व्यापारी दीपक भट्ट र हिलटन होटेलको सेयरसँग जोडेर सामग्री प्रसारण गरेका थिए।

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका