जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • हर्क साम्पाङलाई आईएमई लाइफको साथ, दियो एक हजार बिरुवा

हर्क साम्पाङलाई आईएमई लाइफको साथ, दियो एक हजार बिरुवा

आईएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौँ वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा एक हजार बिरुवा प्रदान गरेको छ । आईएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागिता जनाउँदै बिरुवा प्रदान गरेको हो ।

उनीहरूले मेयर साम्पाङको उक्त अभियानमा सहयोग पुगोस् भन्ने हेतुले बिरुवा प्रदान गरेको बताए । हिजो आईएमई लाइफको कोशी प्रदेशका २ सयभन्दा बढीले उक्त अभियानमा श्रम दान गरेका हुन् । उक्त अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको थियो ।

देशमा हुने विकासको गतिविधिहरूमा आइएमई लाइफले सहयोग गर्दै सहभागिता जनाउँदै आइरहेको छ । आगामी दिनमा पनि यस्तो विभिन्न क्रियाकलापहरूमा सहभागिता हुने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

3675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका