जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राष्ट्र बैंकका पूर्वईडी ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

राष्ट्र बैंकका पूर्वईडी ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।

ढकालले गत मंसिरमा ५८ वर्षे उमेर हदका कारण नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी)बाट अवकाश पाएका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । विभिन्न विभागीय प्रमुखका साथै ढकालले प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

बैंकको सञ्चालक समितिमा महेश भट्टराई, लक्ष्मण घिमिरे, डा. राम प्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती र डा. सुर्य बहादुर राणा रहेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने देवेन्द्र रमण खनाल कार्यरत छन् ।

650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका