जोडिनुहोस
बुधबार, चैत्र १२, २०८१
बुधबार, चैत्र १२, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकका ग्राहकले एप्पलका सामान खरिद गर्दा २० प्रतिशत सम्म छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले एप्पलका सामान खरिद गर्दा २० प्रतिशत सम्म छुट पाउने

नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडौंका शाखा प्रमुख निशेष केसीले एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले छुट सुविधा लिन सक्नेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीहरुलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरल र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए । उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरुले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ, उनले भने, सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउनेछ ।

जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाडौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् ।

नेपाली उपभोक्ताहरुलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ साथै जोय स्टोरले बिक्री गर्दै आईरहेको एप्पलका मोबाईलहरुमा २ बर्षको वारेन्टि, १ बर्षको इन्सुरेन्स, म्याकबुकमा २ वर्षको वारेन्टि र एयरपडमा समेत २ वर्षको वारेन्टिको सुविधा दिइरहेको प्रबन्ध संचालक शर्माले जानकारी दिए ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?