
नेपालका २० वाणिज्य बैंक खराब कर्जा ३ खर्ब भन्दा बढि छ भन्दा अब चाहि फरक पर्दैन । बैंक तथा वित्तीय संस्थाहरू यतिबेला कर्जा असुलीमा व्यस्त छन् । चालु आव सकिन केही दिन मात्रै बाँकी रहँदा बैंकहरु कर्जा असुलीमा व्यस्त भएका हुन् । बैंक तथा वित्तीय संस्थाले केही कर्जा उठ्न नसकेका ऋणीहरुको प्रक्रियाबाट धितो लिलामीमा लागेका छन् । भन्दा फरक पर्दैन । अहिले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको ऋणमध्ये निष्क्रिय कर्जाको अनुपात ५.२४ प्रतिशत छ । यो अनुपात गत आर्थिक वर्ष २०८०।८१ मा जम्मा ३.९८ प्रतिशतमा सीमित रहेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२५ को मे अर्थात वैशाखसम्म निष्क्रिय कर्जाको रकम करिब ३ खर्ब रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ को वैशाख मसान्तको तुलनामा यो रकम ९५ अर्ब ८० करोड रुपैयाँ बढी हो । त्यसबेला निष्क्रिय कर्जा १ खर्ब ९३ अर्ब ७६ करोड रुपैयाँमात्र थियो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको त्रैमासिक साँवा–ब्याज किस्ताबापतको रकम म्याद नाघेको ६ महिनासम्म पनि प्राप्त हुन नसकेको अवस्थामा स्वतः निष्क्रिय कर्जामा परिणत हुन जान्छ। त्यसैगरी ६ महिनादेखि १ वर्ष नाघेको भए शंकास्पद र १ वर्षको अवधि पूरा भए खराब कर्जाका रुपमा वर्गीकरण गरिन्छ । ऋण असुलीमा समस्या देखिन थालेपछि राष्ट्र बैंकले गत मार्च महिनादेखि स्वीकार्य निष्क्रिय कर्जा अनुपात ५ बाट ८ प्रतिशत कायम गरेको थियो। खराब कर्जा बढेसँगै गैरबैंकिङ सम्पत्ति गत वर्षको तुलनामा ६३.४५ प्रतिशतले बढेको छ । गैरबैंकिङ अघिल्लो वर्ष वैशाखसम्म २७ अर्ब ६० करोड रुपैयाँ रहेकोमा चालु वर्ष वैशाखसम्म ४५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । भन्दा फरक पर्दैन ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको त्रैमासिक साँवा–ब्याज किस्ताबापतको रकम म्याद नाघेको ६ महिनासम्म पनि प्राप्त हुन नसकेको अवस्थामा स्वतः निष्क्रिय कर्जामा परिणत हुन जान्छ।
‘खराब ऋणी’ त्यो व्यक्ति वा संस्था हो जसले बैंक वा वित्तीय संस्थाबाट लिएको ऋण समयमा तिर्दैन । पछिल्लो समय बैंकवित्तमा खराब ऋणीको संख्या बढ्दै गएको छ । तथ्यांकलाई हेर्दा बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो । “बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैंकले भनेको छ । निष्वृmय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र वित्त कम्पनीको १३.०४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको ३.८९, विकास बैंकको ३.६३ र वित्त कम्पनीको १०.४० प्रतिशत थियो ।
“बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैंकले भनेको छ ।
पछिल्लो समय ऋण लिँदा सजिलै लिने र तिर्ने बेलामा आलटाल गर्ने, विभिन्न संघर्ष समितिलाई गुहार्ने परिपाटी बढ्दै गएको छ । त्यसकारण व्यक्तिले कर्जा लिँदा २० पल्ट सोच्नु आवश्यक छ । वास्तवमा निश्चित अवधिपछि व्याजसहित साँवा फिर्ता गर्ने शर्तमा अन्य व्यक्ति वा निकायसँग लिइएको रकम नै कर्जा वा ऋण हो । आफ्नो रकम प्रयोग गर्दा विस्तारै बचत गर्दै गए अनुसार जम्मा भइसकेपछि मात्र लगानी गर्न सकिन्छ भने ऋणबाट लगानी गर्दा एकैपटक तरुन्तै रकम प्राप्त गर्न र लगानी गर्न सकिन्छ ।आफ्नो रकम कुनै दायित्व विना नै प्रयोग गर्न सकिन्छ भने ऋणले दायित्व सिर्जना गर्ने र त्यसको लागत व्यहोर्नु पर्ने हुन्छ । कर्जा सामान्यतया चालु पुँजी कर्जा, सम्पत्ति खरिद कर्जा, उपभोग कर्जा, लगानी कर्जा आदि गरी विभिन्न प्रकारका हुने गर्दछन् । कुनै पनि उद्यम व्यवसाय गर्नका लागि वित्तीय श्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ । जस्तै, गाई–भैंसी पाल्न, रिक्सा किन्न, सानो ठुलो व्यापार गर्न, उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि किसिमका आय आर्जनमुलक कारोबार गर्नका लागि सर्वप्रथम पैसा चाहिन्छ । पैसा आफुसँग नहुन पनि सक्दछ ।
कर्जा सामान्यतया चालु पुँजी कर्जा, सम्पत्ति खरिद कर्जा, उपभोग कर्जा, लगानी कर्जा आदि गरी विभिन्न प्रकारका हुने गर्दछन् । कुनै पनि उद्यम व्यवसाय गर्नका लागि वित्तीय श्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ ।
पहिला पहिला परम्परागत रूपमा साहु महाजनहरूले पैसा उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को व्याज असुल उपर गर्दथे । त्यसकारण बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भएको र गरिब तथा धनी जसलाई पनि बैंकले सहुलियत रुपमा ऋण उपलब्ध गराउँदै आएका छन् । बैंक तथा वित्तयि संस्थाहरू कानुन बमोजिम स्थापना र सञ्चालन हुने हुँदा कानुन बमोजिम मात्र व्याज असुल गर्दछन् । यी संस्थाहरुले पनि फाइदा लिन खोजेमा सुपरिवेक्षण गर्ने संस्थाले सुपरिवेक्षण गर्दछ र कानुनी दायरामा मात्र सीमित हुन निर्देशन दिन्छ । यदि नमानेमा बैंक तथा वित्तीय संस्थाले कारवाहीको भागीदार बन्नु पर्दछ । तिर्न सक्ने क्षमताभन्दा बढीको कर्जा वा ऋण लिनु हुँदैन ।
बैंक तथा वित्तयि संस्थाहरू कानुन बमोजिम स्थापना र सञ्चालन हुने हुँदा कानुन बमोजिम मात्र व्याज असुल गर्दछन् । यी संस्थाहरुले पनि फाइदा लिन खोजेमा सुपरिवेक्षण गर्ने संस्थाले सुपरिवेक्षण गर्दछ र कानुनी दायरामा मात्र सीमित हुन निर्देशन दिन्छ ।
भविष्यमा ऋण चुक्ता गर्न नसकेमा व्यक्तिगत जमानीका आधारमा सो चुक्ता गर्नु एकाघर परिवारको समेत दायित्वभित्र पर्न सक्ने हुँदा ऋण लिनु पुर्व परिवारका सदस्यहरूसँग समेत सरसल्लाह गर्नु पर्छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त औपचारिक संस्थाहरूबाट मात्र ऋण लिने गरेमा अनावश्यक ठगी हुनबाट र चर्को व्याजदरबाट बच्न सकिन्छ । ऋण लिनु पुर्व तुलनात्मक रूपमा महँगो व्याजदर नलगाउने, अन्याय पुर्ण शर्तहरू नराख्ने, सजिलै कम मार्जिनमा धितो राख्न सकिने, व्याजका अतिरिक्त अन्य थप शुल्कहरू कम मात्र लिने, ऋण प्रक्रिया छिटो एवम् सरल भएका र किस्ता बुझाउन ढिलो भएमा चर्को जरिवाना तिर्नु पर्ने या नपर्ने जस्ता विषयहरू सोधपुछ गरेर वा जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाको छनौट गरी सो संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ । ऋणको साँवा र व्याजको किस्ता कहिले–कहिले र कति–कति रकम तिर्नुपर्ने हो सोबारे प्रष्ट जानकारी लिनुपर्छ । तपाईंको स्थायी आम्दानीको एउटा निश्चित अंशले ऋणको साँवा र व्याज तिर्न पुग्ने हुनुपर्छ । मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानु पर्दछ । अर्थात् पछि आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ । ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरुन्तै आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा व्याज कसरी भुक्तानी गर्ने हो सोको योजना पनि बनाउनु पर्छ ।
समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नु पर्ने, धितो लिलामी हुन सक्ने, कानुनी कारवाहीको सामना गर्नुपर्ने हुन सक्छ । सामुहिक जमानीमा ऋण लिएको भए समुहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाव व्यहोर्नु पर्ने हुन्छ ।
जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गरी आय आर्जन गर्नु पर्दछ । यदि त्यस्तो काममा लगानी गरिएन भने कर्जा दरुपयोग भएको मानिनुका साथैपछि कर्जा भुक्तानी गर्न सकिन्न । समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नु पर्ने, धितो लिलामी हुन सक्ने, कानुनी कारवाहीको सामना गर्नुपर्ने हुन सक्छ । सामुहिक जमानीमा ऋण लिएको भए समुहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाव व्यहोर्नु पर्ने हुन्छ । बैंकबाट लिएको ऋणको साँवा व्याज समयमा बुझाउन नसक्दा अनन्तः कर्जा सुचना केन्द्रको कालो सुचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैँ सजग रहनु पर्छ । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































