जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रम धनगढीलाई सहयोग

नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रम धनगढीलाई सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरेको छ ।

यस किसिमको पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले आश्रमका सुदुरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई उक्त सामग्रीहरु तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला र बैंक तथा आश्रमका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका