जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आईएमई लाईफद्वारा रु.१०.७१ लाख मृत्यु दाबी भुक्तानी

आईएमई लाईफद्वारा रु.१०.७१ लाख मृत्यु दाबी भुक्तानी

आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीको कैलाली जिल्लाको लम्की शाखाले लम्कीचुहा नगरपालिका १, कुन्टिखेत का मृतक बीमित विकाश भण्डारीको परिवारलाई १० लाख ७१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले उक्त रकम मृतक बीमितकी आमा दुर्गा भण्डारी र पत्नी ममता बिष्टलाई संयुक्त रूपमा प्रदान गरेको हो । कम्पनीका सुदुर पश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सिना र लम्की चुहा नपा १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।

बीमा रकम बुझेपछि मृतक बीमतिकी पत्नी ममता विष्टले कम्पनीलाई लाई धन्यवाद दिइन । । आईएमई लाईफ लम्की शाखा प्रमुख बल बहादुर थापा द्वारा संञ्चालन गरिएको उक्त कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सिना, क्षेत्रिय शाखा प्रमुख तुल्सी देबकोटा , एजेन्सी मेनेजर भिम बहादुर शाही, एजेन्सी मेनेजर मिना बिष्ट , एजेन्सी ममता बिष्ट, पत्रकार गणेश रावल र थुप्रै स्थानियहरु को उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

मृतक विकाश भण्डारीले २०७८ पुष ३० गते २० वर्षे अवधिको ५ लाख १० हजार बीमांक रकम को आइएमई सरल जिवन बीमा र छोरा इसान भण्डारीको नाममा २०७९ वैशाख ११ गते २० वर्षे अवधिको तीन लाख बीमांक रकम को आईएमई बाल उज्ज्वल जिवन बीमा योजना खरिद गरेका थिए ।

बीमा जारी भएपश्चात भणडारीको गत मंसिर ९ गते सडक दुघर्टनामा दुखद निधन भएको थियो।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका