
कुमारी बैंकको नाफा उच्चदरले बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले ४६ लाख रुपैयाँ नाफा गरेको थियोे।
नेपाल राष्ट्र बैंकले दिएको सहुलियतले प्रोभिजनिङ घट्दा बैंकको नाफा उच्चदरले बढेकाे हो।
बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा बढेर ६.४२ प्रतिशत पुगेको छ।
बैंकको ब्याज आम्दानी ५.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ। बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ। यस्तो नाफा २ अर्ब ७९ करोड रुपैयाँँ ऋणात्मक छ।
बैंकको प्रतिसेयर आम्दानी २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































