जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित

ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित

 ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित भएका छन् । अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित हुने अग्रवाल पहिलो नेपाली हुन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् । । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो ।

अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

7510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?