जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई जोय स्टोरमा २० प्रतिशतसम्म छुट

प्रभु बैंकका ग्राहकलाई जोय स्टोरमा २० प्रतिशतसम्म छुट

काठमाडाको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवासुविधामा छुटसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र आईफोन र म्याकबुकका एसेसरिजमा २० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका क्रेडिटकार्ड होल्डरलाई इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ।

प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका