जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • बैंकहरुबाट प्रवाह भएका कर्जा मध्य २ खर्ब ५७ अर्ब निष्क्रिय

बैंकहरुबाट प्रवाह भएका कर्जा मध्य २ खर्ब ५७ अर्ब निष्क्रिय

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा निरन्तर बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार हाल बैंकिङ क्षेत्रमा साढे २ खर्ब रुपैयाँभन्दा बढीको निष्क्रिय कर्जा रहेको हो ।

२०८१/०८२ आर्थिक वर्षको अन्त्यसम्म देशभरका २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहित कुल ५४ वित्तीय संस्थामा निष्क्रिय कर्जा २ खर्ब ५७ अर्ब ८५ करोड १५ लाख ३२ हजार रुपैयाँ पुगेको हो ।

कुल निक्षेप संकलन ७३ खर्ब ३ अर्ब ५३ करोड १० लाख रुपैयाँ रहेकोमा ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यसको आधारमा बैंकिङ क्षेत्रमा औसत निष्क्रिय कर्जा ४.६२ प्रतिशत रहेको देखिएको हो ।

बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ०.७६ प्रतिशत अर्थात् ५८ अर्ब ६० करोड ९४ लाख ८७ हजार रुपैयाँले बढी हो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाले कुल ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब १७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसत ३.८६ प्रतिशतको दरले १ खर्ब ९९ अर्ब २४ करोड २० लाख रुपैयाँ निष्क्रिय कर्जा रहेको थियो ।

कुन सेक्टरमा कति छ निष्क्रिय कर्जा ?

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा २० वटा वाणिज्य बैंक २ खर्ब १९ अर्ब ७९ करोड ८० लाख रुपैयाँ निष्क्रिय कर्जा रहेको छ । वाणिज्य बैंकहरुले ६५ खर्ब ४१ अर्ब ६५ करोड निक्षेप संकलन गरी ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ४.४४ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो ।

अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकको ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ३.७६ प्रतिशत निष्क्रिय कर्जा देखिएको थियो ।

यता, १७ विकास बैंकका २६ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षमा विकास बैंकले ६ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ५.०३ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ६ खर्ब १० अर्ब १७ करोड निक्षेप संकलन गरी ५ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ३.६२ प्रतिशत निष्क्रिय कर्जा रहेको थियोे ।

साथै, गत आर्थिक वर्षमा १७ वटा फाइनान्स कम्पनीहरुको ११ अर्ब ५१ करोड २१ लाख रुपैयाँ निष्क्रिय कर्जा रहेको छ । यसअवधिमा फाइनान्स कम्पनीहरुले १ खर्ब ३१ अर्ब ४४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ११.०५ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो । अघिल्लो आर्थिक वर्षमा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड कर्जा प्रवाह गर्दा औसतमा ९.८७ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका