जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लस्कर फुड्स डेलिभरि एण्ड सर्भिसेस सञ्चालनमा

लस्कर फुड्स डेलिभरि एण्ड सर्भिसेस सञ्चालनमा

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाण्डौैैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीको बीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले भने, ‘हामीले पहिलो चरणमा देशको राजधानी काठमाण्डौबाट सेवा सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो रहेको छ ।’ लस्कर फुड्सको प्रमुख उद्देश्य ग्राहकले तोकेको समयसिमा भित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु हो ।

काठमाण्डौं सहरका व्यक्तिहरु व्यस्त हुने गरेको र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएको पाइन्छ । यही कार्यव्यस्त जिन्दगीलाई मध्यनजर गर्दै घरघरमा गुणस्तरीय खानेकुरा पु¥याएर आम ग्राहकलाई सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरी गर्नेमा विश्वस्त प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती रहेका छन् । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहेपनि लस्कर फुड्स तीबाट भिन्न रहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्सको काठमाण्डौको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रका आधार मापन गरी सञ्चालन भइरहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्स गत हप्तादेखि मात्रै सञ्चालनमा आएको र सयौंभन्दा बढी ग्राहकले मन पराइसकेको ओस्तीको भनाइ छ ।

लस्कर फुड्स प्रयोग गर्दा ग्राहकले विभिन्न अफर पाउने छन् । सुरुवाती चरणमा लस्कर फुड्सले खाना पु¥याएको डेलिभरी चार्ज नलिने र दुइमा एक फ्री विरियानी योजना अघि सारेको छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए । ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् । कार्यालयको सम्पर्क नम्बर ९८२४११६९२६, ९८०१३०६९२६ रहेको छ । अधिकांश ग्राहकको रोजाइमा मःमः र पिज्जा, चाउमिन पर्ने गरेको छ ।

5660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका