जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • इम्बोस्ड नम्बर प्लेटको निर्णयले आतंक मच्चिएपछि विभागले भन्यो- जडान नगर्नेमाथि जरिवाना हुँदैन

इम्बोस्ड नम्बर प्लेटको निर्णयले आतंक मच्चिएपछि विभागले भन्यो- जडान नगर्नेमाथि जरिवाना हुँदैन

सवारीसाधनको दर्ता, नामसारी र नवीकरणमा असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयलाई लिएर चौतर्फी आलोचना भइरहँदा यातायात व्यवस्था विभागले जडान नगर्नेमाथि जरिवाना नतिराउने बताएको छ।

विभागले मंगलबार प्रेस विज्ञप्ति निकालेर इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेमाथि तत्काललाई कुनै किसिमको जरिवाना नहुने बताएको छ। विभागले सवारी चालकले आफूलाई अनुकूल हुने समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने पनि बताएको छ। ‘इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विभागका महानिर्देशक राजिव पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध गरिन्छ।’

विभागले इम्बोस्ड नम्बर प्लेट सहजरुपमा जडानका लागि यातायात कार्यालयहरुमा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको दाबी पनि गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा साउन २० गते बसेको प्रदेशका यातायात मन्त्री सम्मिलित विषयगत समितिको निर्णय अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ गते देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सूचना विभागले भदौ ३ गते निकालेपछि यसको चर्को विरोध भइरहेको छ।

पाँच वर्षअघि ट्रायल पास गरेकाहरुलाई लाइसेन्स दिन नसकेको विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्यको सूचना निकालेर आतंक फैलाएको भन्दै विरोध भइरहेको हो। विभागले सम्झौताको म्याद सकिन लागेको र अख्तियारको ताकेताका कारण अनिवार्य गर्ने सूचना निकालेको बताएको छ। ‘इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०८१।३ ।२४ को पत्र र पुनः ताकेता पत्रमार्फत् विभाग र आपूर्तिकर्तावीच पछिल्लो पटक भएको संशोधित सम्झौताको म्यादभित्रै सम्झौतामा तोकिएको सम्पूर्ण कार्य गर्न आवश्यक कदम उठाउन आदेश भएको साथै यस कार्यलाई थप व्यवस्थापन गर्न विभागबाट २०८१।११।१९ मा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१ जारी गरिएको व्यहोरासमेत अनुरोध छ,’ विभागले भनेको छ।

विभागले २०७३ जेठ १७ गते पाँच वर्षका लागि २५ लाख थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने सम्झौता गरेकामा त्यसको थप गरिएको म्याद आगामी मंसिर ११ गते सकिंदैछ। तर, अहिलेसम्म एक लाख सवारीसाधनमा पनि इम्बोस्ड नम्बर प्लेट जडान भएको छैन।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका