जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हकप्रद सेयर निष्कासन गर्न प्रभु महालक्ष्मीलाई प्राधिकरणको स्वीकृति

हकप्रद सेयर निष्कासन गर्न प्रभु महालक्ष्मीलाई प्राधिकरणको स्वीकृति

प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार कम्पनीलाई १७ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृत प्रदान गरेको हो ।

प्रभु महालक्ष्मीले गत पुस १ गते सो बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव प्राधिकरणमा पेस गरेको थियो । कम्पनीको बैठकले हकप्रद सेयर निष्कासन जारी गर्न सैदान्तिक स्वीकृतिका लागि प्राधिकरणमा पेस गरेको हो । सोही प्रस्ताव बिहीबार प्राधिकरणले स्वीकृत गरेको हो । योसँगै कम्पनीले आगामी साधारण सभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने छ । सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्नेछ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।

कम्पनीले नियामकबाट तोकिएको न्युनतम चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो । प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ तोकेको छ । हकप्रद सेयर निष्कासनपछि प्रभु महालक्ष्मीको पुँजी पनि ५ अर्ब नाघ्नेछ ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका