जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले बजारबाट ५५ अर्ब रुपैयाँ उठाउँदै

राष्ट्र बैंकले बजारबाट ५५ अर्ब रुपैयाँ उठाउँदै

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५५ अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत २१ दिनका लागि ५५ अर्ब रुपैयाँ उठाउन लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज असोज ५ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब २८ अर्ब १० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका