जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकिङ क्षेत्रलाई सुरक्षा देऊ’ : सीबीफीन

बैंकिङ क्षेत्रलाई सुरक्षा देऊ’ : सीबीफीन
बैंक सञ्चालकहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले बैंक विरोधी गतिविधि बढेको भन्दै सरकारसँग बैंकिङ क्षेत्रलाई सुरक्षा दिन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले यस्तो माग गरेको हो । मंगलबार हेटौंडामा बैंकहरु बन्द गराउन गरिएको संस्थागत धम्कीप्रति खेद प्रकट गर्दै सीबिफिनले घटनाप्रति भ्रत्सना गरेको छ ।
हेटौंडामा कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट बञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरु भएको  भन्दै सीबिफिनले आपत्ति जनाएको हो।
‘समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा सम्वादको माध्यमबाट पहिल्याउन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सबै मान्यता भुलेर बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकिनु पर्छ । र वार्ता तथा सम्वादको प्रक्रियामार्फत समस्या समाधान गरिनु पर्छ ।’ सीबिफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै सीबिफिनले बैंक तथा वित्तीय संस्थाका कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको धरपकड र जबरजस्ती तत्काल रोक्न पनि संघले सरोकारवालासँग माग गरेको छ । विश्वव्यापीरुपमा देखापरेका विविध परिघटनाहरुको कारण नेपालको अर्थतन्त्रमा परेको प्रभावको न्यूनीकरण र स्वयं नेपाल सरकार, आम उद्यम/व्यवसाय र सर्वसाधारण समेतले वर्तमान अवस्थामा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट हुनु पर्ने पनि बताउँदै संघले बैंक तथा वित्तीय संस्थाहरु कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने/नपाइने कुरालाई आत्मसाथ गरिदिन पनि माग गरेको छ ।

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका