जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • जेनजीको आन्दोलनमा तोडफोड भएको माछापुच्छ्रे बैंकको एटीएम प्रहरीले भेट्यो

जेनजीको आन्दोलनमा तोडफोड भएको माछापुच्छ्रे बैंकको एटीएम प्रहरीले भेट्यो

जेनजी आन्दोलनमा माछापुच्छ्रे बैंकको आगजनी भएको एटीएम प्रहरीले फेला पारेको छ। चितवनको भरतपुर-१० स्थित मालपोत कार्यालय परिसरभित्र रहेको एटीएम मेसिन आगजनी गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले उक्त एटीएम माछापुच्छ्रे बैंकका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा खोलेको छ। त्यसमा राखिएको पैसा सुरक्षित भेटिएको प्रहरीले जनाएको छ। एटीएमभित्र १७ लाख रुपैयाँ ७९ हजार रुपैयाँ थियो। उक्त रकम प्रहरीले माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझाइएको छ ।

760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका