जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • एनआइसी एसिया बैंकको प्रमुख कार्यकारीबाट रोशन न्यौपानेको राजीनामा

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारीबाट रोशन न्यौपानेको राजीनामा

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतबाट रोशनकुमार न्यौपानेले राजीनामा गरेका छन्। २०७९ कात्तिकमा चार बर्षका लागि पुन: नियुक्त पाएका न्यौपानेले कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्। न्यौपानेको राजीनामा पछि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई ल्याइएको छ। उनी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए।

न्यौपानेले बिहीबार बिहान राजीनामा गरेका हुन्। आजै सञ्चालक समिति बैठकबाट उनको राजीनामा स्वीकृत भइसकेको छ।
न्यौपानेले पारिवारिक कारणले बैंक छाड्नु परेको बताए।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका