जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • चाडपर्वलक्षित अटो लोन योजनामा कोभन्दा को कम

चाडपर्वलक्षित अटो लोन योजनामा कोभन्दा को कम

गाडी किन्न वाणिज्य बैंकहरूले अहिले धमाधम स्थिर ब्याजदरमा कर्जा दिइरहेका छन्। कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने गरी न्यूनतम ७.४९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा बैंकहरुले ऋण दिइरहेका हुन्।

अधिक तरलताका कारण बैंकहरूले लामो अवधिका लागि स्थिर ब्याजदरमा गाडी कर्जा दिइरहेका छन्। पछिल्लो समय निरन्तर ब्याजदर घटेका कारण कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशतमा झरेको छ।

ब्याजदर निरन्तर घटेपनि कर्जाको माग भने बढ्न सकेको छैन। घट्दो ब्याजदर र चाडपर्वलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरका अटो कर्जाको अफर ल्याउन थालेका छन्।

चाडपर्वलाई लक्षित गर्दै एभरेष्ट बैंकले ७.४९ प्रतिशत ब्याजदरमा अटो कर्जा ल्याएको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ।

परिवर्तित ब्याजदरको हकमा भने बैंकहरूले ६ प्रतिशत ब्याजदरमा अटो कर्जा दिइरहेका छन्। नेपाल बैंकले ५.९९ प्रतिशत परिवर्तित ब्याजदरमा अटो कर्जा दिइरहेको छ।

अन्य बैंकहरूले ६/७ प्रतिशत परिवर्तित ब्याजदरमा अटो कर्जा दिन्छन्। परिवर्तित ब्याजदर दिएको कर्जा बेसरेट बढेपछि भने बढ्छ। अधिकांश बैंकहरूले एकल अंकको स्थिर ब्याजदरमा अटो कर्जा दिएका छन्।

प्रभु बैंकले ८ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको छ। ५ बैंकहरूले लामो अवधिको स्थिर ब्याजदरको कर्जाका लागि १० प्रतिशत बढी ब्याज लिन्छन्।
माछापुच्छ्रे बैंकले ५ वर्ष अवधिको अटो कर्जा साढे ९ प्रतिशत स्थिर ब्याजदरमा दिइरहेको भएपनि १० वर्ष अवधिको स्थिर ब्याजदरको कर्जामा भने दोहोरो अंकको ब्याजदर कायम गरेको छ। त्यसैगरी, लक्ष्मी सनराइज बैंकले न्यूनतम ७.४७ देखि अधिकतम ११.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिन्छ।

एभरेष्ट बैंकका सीइओ सुदेश खालिङ ७ वर्ष अवधिको अटो कर्जा ७.४९ प्रतिशत स्थिर ब्याजदरमा दिइरहेको बताउँछन्।

‘निरन्तर तरलता बढ्दै गइरहेको छ। वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७५ प्रतिशत छ,’ उनले भने, ‘पर्याप्त तरलता र चाडपर्व लक्षित गरी सस्तो ब्याजदरमा स्थिर ब्याजदरको अटो कर्जा ल्याएका हौं।’

प्रायजसो बैंकहरूले चाडपर्वलाई मध्यनजदर गर्दै विभिन्न स्किम समेत ल्याउने गरेको उनको भनाइ छ।

ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ सुमन पोखरेलले सस्तो स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको जानकारी दिए।

‘नाडा अटो शोलाई मध्यनजर गर्दै अटो कर्जाको स्किम ल्याएका थियौं। त्यसले कर्जा पनि बढाएको थियो,’ उनले भने, ‘चाडपर्व लक्षित गरेर अहिले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छौँ।’

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका