जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

आर्थिक विशेष

१ हजारको नयाँ नोट बजारमा

दृष्टिविहिनले पनि पहिचान गर्न सक्ने

१ हजारको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले आज बुधबारबाट एक हजार दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । पूरानै गर्भनर डा. चरञ्जीवी नेपालको हस्ताक्षर रहेका यी नोटमा अब एक होइन दुई हात्ती हुनेछन् । सौराहाका राम लक्ष्मण नाम गरेका हात्तीको तस्वीर अंकित गरेर नयाँ नोट बजारमा ल्याउन लागिएको हो ।
राम र लक्ष्मण भनी चिनिने दुर्लभ जम्ल्याहा हात्तीको संकेत नं. ज/६८ ०००००१ ट/१०० ९९९९९९ सम्मको नयाँ हजारको नोट बजारमा ल्याएको हो । राष्ट्र बैंकले एक सूचना जारी गरेर साउन ७ गतेदेखि चलनचल्तीमा ल्याएको नोटमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ ।

नोटको दायाँतर्फ लालीगुराँस र यसैको तल्लो भागमा फरक क्षमता भएका दुष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजारको अंक जनाउने रोमन अक्षर एम लेखिएको छ ।

17440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?