
नेपाल राष्ट्र बैंकले दशैंमा साना र ठूला दरका गरी करिब ६२ अर्ब रुपैयाँ भन्दा बढीको नोट बजारमा पठाएको छ । नेपाल राष्ट्र बैंकले दशैंको लागि सुकिला नोट सटही गर्न सुरु गरेपछि ६२ अर्ब भन्दा बढीको नोट बजारमा पठाएको देखिएको हो ।
राष्ट्र बैंकले २९ भदौदेखि दशैं लक्षित गर्दै सुकिला नोट सटही सुरु गरेको थियो । ५ रुपैयाँ दरका नयाँ नोट नै सटही गरे पनि १ देखि १०० सम्मका भने सुकिला नोट भनेर पुरानो नोट नै बजारमा पठाएको थियो । दशैंका लागि सुकिला नोट सटही र ठूला दरका नोट समेत गरी ६२ अर्बका नोट बजारमा पठाएका राष्ट्र बैंकको तथ्यांक छ ।
दशैंको लागि सुकिला नोट सटही सुरु गर्नु पहिले २८ भदौमा राष्ट्र बैंक भन्दा बाहिर रहेको चलनचल्तिको नोट ७ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरका थिए । दशैं बिदा सुरु हुनुअघि ११ असोजमा ७ खर्ब ९३ अर्ब ७९ करोड रुपैयाँ बराबरको नोट बजारमा रहेकामा दशैंपछि १९ असोजमा ८ खर्ब १ अर्ब १४ करोड रुपैयाँ बराबरको नोट बजारमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
दशैंमा बैंकहरुले एटीएममा भरेको नगद सकिँदा दशैंपछिको पहिलो दिन केही नोट बैंकहरुले भल्टको लागि लगेर दशैं पछिको पहिलो दिन राष्ट्र बैंकभन्दा बाहिर रहेका नोट अझै बढेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































