
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सयजना ठुला बचतकर्ता, सदस्य र ऋणको विवरण माग गरेको छ । सहकारीमा बढ्दो वेतिथिलाई मध्यनजर गर्दै प्राधिकरणले सयजना ठुला बचतकर्ता, सदस्य र ऋणिको पूर्ण विवरण पठाउन निर्देशन गरेको हो । अव हरेक सहकारी संस्थाहरुले आफूसँग भएका ठुला बचतकर्ता, ऋणी र सदस्यको पूर्ण विवरण बुझाउनुपर्ने भएको छ ।
पछिल्लो समय कालो धनको विषयमा तिब्र बहस भइरहेकै बेला प्राधिकरणले यस्तो निर्देशन गरेको हो । बैंकवित्तमा रकम जम्मा गर्दा स्रोत खुलाउनुपर्ने हुँदा कतिपयले सहकारीमा रकम राखेको हुनसक्ने आँकलन गरिएको छ । साथै प्राधिकरणले सम्पूर्ण बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुलाई अनिवार्य दर्ताका लागि सर्कुलर समेत जारी गरेको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को प्रथम संशोधन जारी गर्दै प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । यससँगै अव सबै बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु प्राधिकरण मातहतमा आउनुपर्ने छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































