जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • राष्ट्र बैंकद्वारा दुई मनि एक्स्चेन्ज कम्पनीको इजाजतपत्र खारेज

राष्ट्र बैंकद्वारा दुई मनि एक्स्चेन्ज कम्पनीको इजाजतपत्र खारेज

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाण्डौमा सञ्चालनमा रहेका दुई वटा मनि चेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ। विभागले ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रा.लि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रा.लिको इजाजतपत्र खारेज गरेको हो।

नेपाल राष्ट्र बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका मनि चेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको केन्द्रिय बैंकले सुचनामार्फत जनाएको छ।

3090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका