जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • आईजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच सेवा आदान-प्रदान गर्ने सम्झौता

आईजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच सेवा आदान-प्रदान गर्ने सम्झौता

नारायणचौर, नक्शालमा प्रधान कार्यालय रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जावलाखेल, ललितपुरमा रहेको अल्का अस्पताल प्रालिबिच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पताल प्रालिका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म अल्का अस्पताल प्रालिबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले अल्का अस्पताल प्रालिले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे।

सोही अवसरमा वित्त अधिकृत मुकुन्द भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?