जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • संस्थागत निक्षेपमा थप कडाइ: साधारणभन्दा २% विन्दु कम

संस्थागत निक्षेपमा थप कडाइ: साधारणभन्दा २% विन्दु कम

नेपाल राष्ट्र बैंकले ब्याज दरमार्फत हुने आधार दर बढ्न नदिन थप कडाइ गरेको छ। राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजमा कडाइ गरेको हो।

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै साधारण मुद्दतीमा दिइने ब्याजभन्दा २ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था गरेको छ। अहिले एक प्रतिशत कम हुनुपर्ने व्यवस्था छ।

अहिले साधारण मुद्दतीको ब्याज ११.०३ प्रतिशत छ। अब संस्थागत निक्षेपकर्ताले ९.०३ प्रतिशत मात्र ब्याज पाउने छन्।

राष्ट्र बैंकले ब्याज दर प्रकाशितमा थोरै लचकता अपनाएको छ। अहिले असोजको ब्याज दर भदौ मसान्तभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ तर राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याज परिवर्तन गर्न सकिने सुविधा बैंक तथा वित्तीय संस्थालाई दिएको छ।

राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपमा थप व्यवस्था गरेको छ। प्रकाशित ब्याज दरमा ०.५ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी निक्षेप संकलन गर्न सकिने छ। यो व्यवस्था अब स्वदेशीसँगै विदेशी मुद्राको निक्षेपमा पनि लागू भएको छ। बैंकहरुले विदेशी मुद्राको निक्षेपमा १८ प्रतिशतसम्म ब्याज दिएपछि राष्ट्र बैंकले यस्तो कडाइ गरेको हो।

लघुवित्त संस्थाले विपन्न वर्गअन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याज निर्धारण गर्ने व्यवस्था गरिएको छ। अहिले यो व्यवस्था थिएन।

2240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका