जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र Quest International College बिच सम्झौंता

सांग्रिला डेभलपमेन्ट बैंक र Quest International College बिच सम्झौंता

बालुवाटार, काठमाण्डौ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुर, ग्वार्को अवस्थित Quest International College सँग बित्तिय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पु¥याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा  हस्ताक्षर भएको छ ।

Quest International College, ग्वार्को ललितपुरका तर्फ बाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम र एम बिए का कक्षा संचालन गर्दै आएको Quest International College ले व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गर्दै आएको छ र सात सय भन्दा वढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले इन्टरनशिपको मौका पनि दिँदै आएको छ ।

उक्त समझदारी पत्रमा हस्ताक्षर भए पश्चात बैंकका कर्मचारीहरुले Quest International College को कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ । यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, बित्तिय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल क्रमशः पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

10255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?