जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्र बैंकको खुद संचालन आम्दानी साढे ८८ अर्ब, ४२ अर्ब रुपैयाँ सरकारलाई

राष्ट्र बैंकको खुद संचालन आम्दानी साढे ८८ अर्ब, ४२ अर्ब रुपैयाँ सरकारलाई

नेपाल राष्ट्र बैंकको खुद संचालन आम्दानी १०.२५ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्ष ८८ अर्ब ४६ करोड ७४ लाख ८० हजार रुपैयाँ खुद संचालन आम्दानी गरेको छ।

यसमा खुद ब्याज आम्दानीको अंश ९८.६९ प्रतिशत, अन्य संचालन आम्दानीको अंश १.४१ प्रतिशत र विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.१० प्रतिशत ऋणात्मक रहेको छ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १०.०८ प्रतिशतले वृद्धि भई ८७ अर्ब ३० करोड ९७ लाख ८ हजार रुपैयाँ पुगेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, राष्ट्र बै्कले अन्य आम्दानी शीर्षकमा १ अर्ब २४ करोड ६८ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ। विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी भने ८ करोड ९० लाख ५७ हजार रुपैयाँ ऋणात्मक भएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्ष विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/ हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ। यस्तो खुद आय आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ थियो।

राष्ट्र बैंकको सञ्चालक समितिले खुद मुनाफामध्ये विभिन्न कोषमा छुट्टयाउनु पर्ने रकम विनियोजन गरी बाँकी ४२ अर्ब सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?