जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितका लागि ५० लाख राहत कोषमा सहयोग

एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितका लागि ५० लाख राहत कोषमा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्‍याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।

गत कात्तिक १७ गते जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निच्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्‍याएको भन्दै कम्पनीले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

3690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका