जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकले संचालनमा ल्यायो एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजिबैंक’

सिटिजन्स बैंकले संचालनमा ल्यायो एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजिबैंक’

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘सिटिजन्स डिजिबैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म संचालनमा ल्याएको छ।

छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरि बैंकका ग्राहकहरुलाई वेब र मोबाइलमार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ।

सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ। यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सकिनेछ।

पहिलो चरणमा यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु जस्तै अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ तथा कार्ड सम्बन्धी सेवाहरु उपलब्ध गराइएका छन्।

डिजिटल प्रविधिको उच्चतम प्रयोग गरि ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथै भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउँदै लैजाने बैंकको प्रतिबद्धता रहेको छ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?