जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हिरासतमा रहेका रामशरणले दुलालविरुद्ध अख्तियारमा दिएका थिए उजुरी

हिरासतमा रहेका रामशरणले दुलालविरुद्ध अख्तियारमा दिएका थिए उजुरी

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा ठगेको आरोपमा टोखा नगरपालिका–६ स्थित धापासी घर भएका राम शरण केसी प्रहरीको हिरासतमा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वैशाख २५ मा पक्राउ गरेको हो ।

५१ वर्षीय रामशरण दाङका स्थानीय हुन् । अहिले धापासीमा घर बनाएर बसेका केसीले शरणार्थीको नाममा ठगेको प्रहरीको आरोप छ । तर, उनले आफैँ ‘पीडित रहेको’ भन्दै अख्तियारमा उजुरी गरेको भेटिएको छ ।

२०७८ मंसिर ३ मा रामशरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन् । बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थप गर्न लैजाँदा अनुसन्धान अधिकृतले रामशरण र उनीसँगै पक्राउ परेका गोविन्द चौधरीलाई पनि उपस्थित गराए । ‘पैसा कसलाई दिएको ?’ भन्ने प्रश्नमा खाणकै अगाडि उभिएर रामशरणले भने,‘केशव दुलालाई बुझाएका थियौं, उनले गृहमन्त्री र प्रधानमन्त्रीलाई दिनुपर्छ भनेका थिए ।’

रामशरणले ‘प्रधानमन्त्री’ शब्द उच्चारण गरेपछि बालकृष्ण खाणले सरकारी वकिललाई भने,‘ल, पिएमको पनि नाम आयो नोट गर्नुस् ।’

मोरङ घर भएका दुलाल पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको सल्लाहकार हुन् । केपी ओली नेतृत्वको सरकार हुँदा केशव प्रसाद दुलालले भने अनुसार ३४ जनासँग १० लाखको दरले रकम उठाएर दिएको उनले जिकिर गरेका छन् । ‘ईन्द्रजित र तपाई (प्रेम कुमार राई)लाई रकम दिएपछि हामीलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिन्छु भनेर दुलालले ३ करोड ४० लाख बुझेका थिए’ अख्तियारमा उनले दिएका उजुरीमा भनिएको छ,‘सो रकम फिर्ता गरिपाऊँ ।’

राम बहादुर थापा गृहमन्त्री हुँदा प्रेम कुमार राई गृह मन्त्रालयको सचिव थिए । राईपछि अख्तियार प्रमुखमा नियुक्त भएका हुन् । भुटानीको नाममा ठग्ने गिरोहले २०७६ मंसिर १७ मा मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पठाएको प्रस्ताव पनि आफूहरूलाई देखाएको केसीले जिकिर गरेका छन् । ‘सो प्रस्ताव स्वीकृत हुनासाथ अमेरिका पठाउने भनेका थिए’ आयोगमा दर्ता गरिएको उजुरीमा भनिएको छ,‘२०७७ फागुन ११ मा सो प्रस्ताव स्वीकृत भएको र मुख्यसचिवले हस्ताक्षर गरेको पत्र पनि दुलाले मलाई भाइबरमा पठाएका हुन् ।’

अख्तियार प्रमुख प्रेम राईलाई सम्बोधन गरेर दर्ता गरिएको निवेदनमा लेखिएको छ,‘दुलाललाई पक्राउ गरिपाऊँ ।’ मुख्य आरोपी मध्येमा केशव दुलाललाई पक्राउ गर्न निवेदन दिएका रामशरण अहिले दुलालसँगै हिरासतमा छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार रामशरणले दाङ घर भएकाहरुसँग रकम उठाएका थिए । ती अधिकृत भन्छन्,‘रामशरण पेटी ठेकेदार जस्तै हुन, सिमित व्यक्तिहरूबाट उनले रकम उठाएको भेटिएको छ ।’

दुलाल २०७९ चैत १२ मा पक्राउ परेका हुन् । शरणार्थीको कोटामा अमेरिका पठाउने सपना बिछ्याएर ठगेको आरोपमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको छ

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका